वास्तुशास्त्र थाहा छ ? घर तथा भबन निर्माणगर्दा ध्यान दिनुपर्ने कुराहरु

वास्तुशास्त्र थाहा छ ? घर तथा भबन निर्माणगर्दा ध्यान दिनुपर्ने कुराहरु

vastu-house-plan
जमिनको सतहको ढलान यसरी होस की पानीको बहाव दक्षिणबाट उत्तर या पश्चिमबाट पूर्वतर्फ हुनु आवश्यक हुन्छ । बाउण्ड्री वाल पनि विल्कुल यसैगरी उत्तर र पूर्वमा होचो र अन्य दिशाकोभन्दा केही पातलो हुनुपर्दछ ।
उत्तर दिशा जल संम्बन्धि सम्बन्ध राख्दछ । त्यसैले उत्तरपूर्वमा जल सम्बन्धी प्रावधान राखिएको छ । यसको वैज्ञानिक कारण सूर्यको चमत्कारी किरणको भरपूर फाइदा लिनसक्नु हो । एक वैदिक ऋचामा भनिएको छ – हे सूर्य देवता आफ्नो चमत्कारी किरणद्वारा हाम्रो हृदय र फोक्सोभित्रका किटाणुहरुलाई नष्ट गरिदिनुहोस् । उत्तरपूर्व दिशामा ठूल झ्यालढोका र खुल्ला ठाउँ राखिनुपर्ने कुरालाई यसकारण महत्व दिएको हो कि कस्मिक इनर्जीका साथ परावैजनीक किरणहरु सन्तुलित मात्रामा आवतजावत हुन सकुन । यो वास्तवमा प्रातः समय पूर्वबाट आउने सूर्यको किरणको महत्व र शास्त्रको ब्रम्हमूहुर्तको उपयोगिताको आधारबाट निक्र्यौल गरिएको बताइन्छ । जमिनमूनी पनिको ट्याङ्की, स्विमिङ पुल, कुवा, इनार, बोरिङ आदिको व्यवस्था उपरोक्त दिशामा हुनुपर्ने कारण हाइजीन हो ।
बाहिर आवत जावत गर्ने मानिसहरुको नजर सुतेका वा आराम गरेका व्यक्तिमा नपर्ने ठाउँमा सुत्ने कोठाको ढोका बनाउनु राम्रो हुन्छ । ड्रइङरुममा सोफा कम बेडको प्रयोग यथासम्बभ कम गर्नु राम्रो हुन्छ ।
भान्साघरको लागि सबैभन्दा राम्रो स्थान दक्षिण पूर्व हो तर विकल्पमा उत्तर पश्चिम पनि राख्न सकिन्छ । यदी दाम्पत्य जीवनको तालमेलमा कुनै कमीको संकेत भएमा भान्साघर तथा सुत्ने कोठाको वास्तुमा खास ध्यान पु¥याउन आवश्यक छ । यसप्रकार जन्मकालीन ग्रह नक्षत्र मंगलदोष दाम्पत्य जीवनमा असामंजस्यताको संकेत दिएमा वा यस्तो अनुभव भएमा अन्य कारणका साथ किचन तथा बेडरुमको वास्तुमा विशेषः ध्यान दिनु आवश्यक हुन्छ ।
भान्साको भित्ताको रंगपेन्टमा समेत ध्यान दिनु आवश्यक हुन्छ । भान्साघरमा कदापि पूजाघर या देवि देवताका मूर्तिजस्ता चिजहरु राख्नु हुँदैन ।
झ्याल, ढोका र मुख्यरुपमा मेनगेटमा कालो रंग गरिएको छ भने परिवारका सदस्यको व्यवहार अशिष्ट, रिसालु, रुखो बचन बढ्न जान्छ । घरका कुनै सदस्यको जन्मपत्रिकामा वाणिस्थान वा सम्बन्धित ग्रह–नक्षत्र शनि, राहु मंगल र केतु आदिबाट प्रभावित छ भने त्यसप्रति उक्त प्रभाव विषेश रुपबाट दृष्टिगोचर हुन्छ । यदी मंगल अथवा केतुको प्रभाव छ भने रातो रंगले कुतर्क, धेरै बहस, झगडालु र व्यंगात्मक (सेटारो) भाषा प्रयोग गर्ने प्रवृत्तितर्फ इंगित गर्छ । यस्तो अवस्थामा सेतो रंगको प्रयोग धेरै लाभदायक हुन्छ ।
अग्नि तत्व या भान्सासँग सम्बन्ध राख्ने वस्तुहरुको सबभन्दा राम्रो व्यवस्था दक्षिण पूर्वमा नै हुन्छ । टेलिभिजन, कम्प्युटर, हिट कन्वेन्टर या अन्य विद्युतीय उपकरण जो एउटै घरमा धेरै ठाउँमा राखिनुपर्ने हुन्छ त्यस्तो अवस्थामा प्रत्येक कोठाको दिशा ज्ञान प्रत्येक कोठामा प्रयोग गर्नुपर्ने हुन्छ । उदाहरणको लागि उत्तर पूर्वमा स्थित कुनै कोठामा पढ्ने विद्यार्थीको कम्प्युटरको उचित स्थान त्यस कोठाको दक्षिण पूर्वमा हुन्छ ।
खाना पकाउने सामग्रीहरु पूर्वदिशामा यसरी मिलाएर राख्नु पर्छ कि खाना पकाउने व्यक्तिको ठीक सामुन्ने पूर्वदिशामा हुनुपर्दछ । फुड प्रोसेसर, माइक्रोओवन, फ्रिज, इत्यादिको व्यवस्था दक्षिणपूर्वमा हुनपर्दछ ।
पानि सम्बन्धि कार्य गर्ने वाटर फिल्टर, डिसवासर, भाँडा वर्तनधुने सिंक आदि उत्तरपूर्वी भागमा हुनुपर्दछ । पूर्वको भित्तामा वाल क्याविनेट नराख्दा राम्रो हुन्छ यदि राखेको छ भने पनि त्यसमा भारी र भद्दा सामान नराख्नुहोस् । खानापिनाका सामान उत्तर पश्चिम दिशा या भान्साघरको उत्तर पश्चिम भागमा स्टोर गर्नुहोस् । जुन ढोकाबाट बढी आवत जावत हुन्छ अथवा मुख्यद्वार यदि भान्साघरको ठीक सामुन्ने छ र पति पत्नीको सम्बन्धमा ग्रह नक्षत्र कलहको इशारा देखिन्छ भने ढोकाको स्थान परिवर्तन गर्नु नै श्रेयष्कर हुन्छ अन्यथा उक्त परिस्थिति आगोमा घिऊको काम गर्ने हुन्छ ।
भवनको वीच भागलाई ब्रम्हास्थान भनिन्छ । यो स्थानलााई खाली राख्नु पर्छ । यसस्थानमा फर्निचर या कुनै भारी सामाना राखिएमा स्वास्थ्य र मानसिक शान्तिमा प्रभावित गर्दछ । व्रम्हास्थान भएको छत क्षेत्रमा भारी कुनै बटवृक्षको झाङ–झाडी पनि झुण्ड्यानु हुँदैन । यो हिस्सामा पनिको निकासीकालागी नालि बनाइएमा आर्थिक नोक्सानीको संकेत हुन्छ ।
घर, कार्यालय या संस्थाका मुखिया आदि बस्ने, काम गर्ने या सुुत्ने ठाउँ दक्षिण पश्चिमतर्फ धेरै राम्रो मानिएको छ । यो स्थानबाट आफ्ना साना सदस्य, बच्चा तथा कर्मचारी, प्रबन्धकहरुको नियन्त्रण प्रभावकारी हुन्छ । घरमा पाहुना या अफिसमा भेटघाट गर्न आउने आगन्तुकहरु बस्ने स्थान यसरी मिलाइएको होस् कि उनिहरुको अनुहार दक्षिण या पश्चिमदिशा तर्फ हुनुपर्दछ तथा गृहस्वामी या मुख्य कर्मचारी उत्तर या पूर्वतर्फ मुहार गरेर बस्नु उचित हुन्छ । आफ्ना बच्चाहरु बाबुआमाको अनुशासनमा बसेनन् भने यो चिन्ताको विषय हुन जान्छ यदि यस्तो अवस्था छ भने उत्तरपूर्व दिशामा बच्चाहरुको पढ्ने, सुत्ने व्यवस्था गरिनुपर्छ । कोठामा टेलिफोन फ्याक्स आदि उत्तरपूर्व दिशामा राखिएमा उचित हुन्छ ।
वास्तुशास्त्रकासाथै ज्योतिषको ज्ञान हुनु आवश्यक हुन्छ । आजकल ज्योतिष र वास्तुशास्त्र आकर्षक व्यवसायको रुपमा हेरिन्छ । अर्धज्ञानी वास्तुशास्त्रीहरु कनिकुथी वास्तुका उपाय बताउँछन् अतः वास्तुशास्त्री छनौट गर्दा सावधानी अपनाउनुहोस् । मानिसहरुलाई चिन्ताबाट अनेक किसिमबाट बढाइचढाई छुटकारा दिलाउनेहरुबाट हमेसा सावधान रहनुहोस् । वास्तुशास्त्रको प्रयोग ज्योतिषलाई ध्यानमा राखेर गर्दा अधिकतम् लाभदायक हुन्छ । यो ध्यानमा राखिनु आवश्यक छ कि जीवन सुखः दुःखको मिश्रण हो तसर्थ अन्धविश्वास, धर्म आदिबाट केही हटेर यो विधाका वैज्ञानिक पक्षलाई अंगाल्न सके जीवनलाई केही सहज बनाउन सकिन्छ ।

Comments

Popular Posts